४ आश्विन २०८१, शुक्रबार

रियलमीका इन्ट्री लेभलका स्मार्टफोन सी २० र सी २१ नेपाली बजारमा

प्रकाशित मिति :  30 August, 2021 2:53 pm


काठमाडौं । प्रविधि कम्पनी रियलमीको सी सिरिज अन्तर्गतका नयाँ स्मार्टफोन रियलमी सी २० र सी २१ नेपाली बजारमा भित्रिएका छन् ।

कम्पनीको इन्ट्री लेभलका यी स्मार्टफाेनको आइतबारदेखि दराजमार्फत् प्रि–बुकिङ खुला गरिएको छ भने बुधबारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रिएलमीको सी २० स्मार्टफोन ३२ जीबी इन्टरनल स्टोरेज र २ जीबी र्‍याम जडित फोनको बजार मूल्य १२ हजार ८४९ तोकेको छ । इन्टरनल स्टोरेज ६४ जीबी र र्‍याम ४ जीबी रहेको सी २१ को मूल्य १६ हजार ९९९ तोकिएको छ ।

सी २० का विशेषताहरुमा ६.५ इन्चको ठूलो डिस्प्ले, सुपर पावर सेभिङ मोडसहितको ५००० एमएएच ब्याट्रि, मिडियाटेक हेलीयो जी ३५ प्रोसेसर लगायत छन् भने यसको स्टोरेज २५६ जीबीसम्म बढाउन सकिन्छ ।

सी २१ एआईका त्रिपल क्यामरा, ६.५ इन्च डिस्प्लेसहितको एचडी डिस्प्ले, अक्टाकोर १२ एमएम २.३ गिगाहर्ज प्रोसेसर र ५००० एमएएच ब्याट्रि लगायतका विशेषता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !