‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ’ भन्दै प्रदीप नेपालले छोडे माधव नेपालको साथ
प्रकाशित मिति : 30 August, 2021 3:12 pm
काठमाडौं । प्रदीप नेपालले नेकपा एकीकृत समाजवादी पार्टी छोडेका छन् ।
जनताको बहुदलीय जनवादका विषयमा असहमति जनाउँदै प्रदीप नेपालले एकीकृत समाजवादी छोडेका हुन् । एकीकृत समाजवादीले जनताको बुहदलीय समाजवाद अपनाउने तयारी गरेको छ ।
प्रदीप नेपालले फेसबुकमा लेख्दै भनेका छन्,“माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । त र आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा !”
प्रदीपले अन्तिम समयमा माधव नेपाललाई साथ दिएका थिए । तर नयाँ पार्टी दर्ता भएको एकहप्ता नवित्दै पार्टी छोडेका छन् ।