६ आश्विन २०८१, आइतबार

८ अर्ब भारुमा विश्वको सबै भन्दा विशाल कृष्ण मन्दिर मायापुरमा बन्दै

प्रकाशित मिति :  30 August, 2021 6:00 pm


काठमाडौं । विश्वको सबै भन्दा विशाल मन्दिर पश्चिम बंगालको राजधानी कोलकाताबाट १३० किलोमिटर टाढा नदिया जिल्लाको मायापुरमा निर्माण भइरहेको छ ।

६ लाख वर्गफिट भन्दा बढी क्षेत्रमा यो मन्दिर निर्माण भइरहेको हो । यो मन्दिर सात तले हुनेछ । सन् २०२०को फेब्रुअरीमा पुजारी तला तयार भइसकेको छ । सन् २०२३ सम्म यो मन्दिरकाो ८० प्रतिशत कााम पूरा भइसक्ने अनुमान गरिएको छ ।

निर्माण कार्य सञ्चालन भइरहेकाले यहाँ आवतजावतमा रोक लगाइएको छ । भूइतलाका काम पूरा भइसकेको छ ।

इन्टरनेसनल सोसाइटी अफ कृष्णा कन्सिअसनेस इस्कानले यो मन्दिरको निर्माण गरिरहेको छ । यो मन्दिरका अध्यक्ष अल्फ्रेड फोर्ड हुन् ।

अमेरिकाको अटोमोबाइल कम्पनी फार्डका संस्थापक हुन् । इस्कान ज्वाइन गरेपछि फोर्डका नाम अम्बरीश दास भयो ।

वैदिक प्लेनेटेरियअम मन्दिरका उपााध्यक्ष बृजविलास दासले जनाए अनुसार सात तले यो मन्दिरमा उपयोगिता तला, पुजारी तला, मन्दिर तला, म्युजिअम तला गरी विभिन्न तला रहेका छन् ।

पुजारी तला २.५ एकडमा फैलिएको छ । पुजारी तला विश्वकै सबैभन्दा ठूलो हो ।  यसको किर्तन हलमा एक पटक १० हजार मानिस एक पटकमा किर्तन गर्न सक्ने गरी निर्माण गरिँदैछ ।

३५० फिट उँचाइ भएको मन्दिरको माथिल्लो भागमा अवस्थित रहने गोलाकार भागको व्यास १७७ मिटरको छ ।

यो मन्दिर बनाउनका लागि मकराना र भिएतनामबाट ह्वाइट मार्बल, फ्रान्सबाट रेड मार्बल, इटलीबाट ब्लु मार्बल र स्पेनबाट मार्बल मगाइएको छ । विश्वकै सुन्दर मन्दिर बनाउने उद्देश्यले सर्वोत्तम मार्बल ल्याउन लागिएको छ ।

यो मन्दिरको बजेट ८ अर्ब भारु खर्च गरिनेछ । अहिलेसम्म यसमा ४ अर्ब ४४ करोड भारु खर्च खर्च भइसकेको छ । वर्सेनी मायापुरमा ६० लाख भक्त आउने गरेका छन् । मन्दिर निर्माण भएपछि यहाा ६ करोड भन्दा बढी मानिस वर्सेनी आउने अनुमान गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !