कान्दाहारमा देखापरेका तालिबानका सर्वोच्च नेता काबुल पुग्दै
काठमाडौं । इश्लामिक इमिरेट्स अफ अफगानिस्तानका सर्वोच्च नेता मुल्ला हेबतुल्लाह अखुन्द अज्ञात स्थलबाट आइतबार २९ अगस्टका दिन कान्दाहार पुगेका छन् ।
उनले कान्दाहारका आदिवासी नेताहरूसँग भेटघाट गरेका छन् । इश्लिामिक इमिरेट्स अफ अगानिस्तानको नेताको रूपमा उनले एक विज्ञप्ति सार्वजनिक गर्ने भएका छन् ।
विश्वसँग सर्वोच्च नेता भनिएकाको एक फोटो मात्र रहेका छ । उनी राजधानी काबुल पुग्ने भएका छन् । तालिबानका अन्य कतिपय नेतासँग एक पछि अर्को गरी भेटवार्ता गरेका छन् ।अफगानिस्तानका अन्य राजनीतिज्ञ तथा नेताहरूसँग उनले वार्ता गर्दै काबुल तर्फ हिँडने भएका छन् ।
यसअघि तालिबानका संस्थापक मध्येका राजनीतिक प्रमुख मूल्ला अब्दुगानी ब्रादर पनि दोहाबाट अफगानिस्तान आउँदा कान्दाहार ओर्लेका थिए ।
त्यसपछि ब्रादरले एक प्रतिनिधि मण्डलका साथ काबुल गएका थिए । तालिबान सरकार कान्दाहारबाट सुरु हुने भनिएको छ ।
सर्वोच्च नेता काबुल पुगेपछि नयाँ सरकारले काम गर्ने अपेक्षा गरिएको खामा डटकमले जनाएको छ ।
यसअघि तालिबानका प्रवक्ता जबैउल्ला मुजाहिदले आगामी दुई सातामा नयाँ सरकारको मन्त्रिपरिषद्ले आकार ग्रहण गर्ने जनाएका थिए ।
तालिबानले सरकारी कामकाज धार्मिक विद्वान उल्माहरूले चलाउने विषयमा केही खुलाएको छैन् ।