१३ मंसिर २०८१, बिहिबार

पूर्व प्रधानमन्त्री खनाल उपचारपछि स्वदेश फर्किए

प्रकाशित मिति :  30 August, 2021 5:23 pm


काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल उपचार पश्चात स्वदेश फर्किएका छन् ।

भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेता नेपालले पार्टीले दिएको जुनसुकै जिम्मेवारी निभाउन तयार रहेको बताए ।

त्रिभुवन विमानस्थलमा खनालले भने “मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन, पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।”

केपी ओलीको निरंकुशताका कारण पार्टी विभाजन भएको र त्यो सरकार ढल्नु पनि त्यै निरंकुशताको पराजय भएको भन्दै ओली सरकार दक्षिणपन्थी अवसरवाद तथा अहंकारको पराजय भएको बताए ।

नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए । भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

साथै खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायतका नेताले स्वागत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !