६ आश्विन २०८१, आइतबार

तालिबानद्वारा पञ्जशिरमा आक्रमण

प्रकाशित मिति :  31 August, 2021 12:20 pm


काठमाडौं । तालिबानले आफ्नो नियन्त्रणमा आउन नसकेको अफगानी प्रान्त पञ्जशिरमाथि आक्रमण गरेको छ ।

अमेरिकी सेना अफगानिस्तानबाट फर्किए लगत्तै तालिबानले पञ्जशिरमा आक्रमण गरेको हो । पञ्जशिरको स्रोत उल्लेख गरी खामा डटकमले त्यहाँ तालिबानले आक्रमण गरेकाो जनाएको छ ।

तालिबानले सम्झौता उल्लंघन गरी आक्रमण गरेको दाबी गरिएको छ । पूर्व निर्धारित समयतालिका अनुरूप १९ वर्ष १० महिना २५ दिनपछि गत ३१ अगस्टका दिन अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको हो ।

तत्कालीन समयमा सोभियत संघको सेनासँग लडेका अफगानी योद्धा अहमद शाह मसुदका छोरा अहमद मसुदले तालिबानसँग लडाइँ गर्ने जनाएका थिए । पछि तालिबानसँग वार्ता गर्न तयार भएको मसुदले जनाएका थिए । तालिबानले पनि मसुदसँग वार्ता गरी समाधान खोज्ने जनाएका थिए ।

तालिबान लडाकुहरू जुन मोर्चाहरूमा पछि परेका थिए त्यहिँबाट आक्रमण सुरु गरेका हुन् । तालिबान पक्षले भने यसबारे कुनै टिप्पणी गरेको छैन । पञ्जशिरका मानिसहरूले त्यहाँकाे टेलिफोन लाइन काटिएको जनाएका छन् । अर्कोतर्फ तालिबानहरूले पञ्जशिर जाने बाटोहरूलाई बन्द गरी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !