६ आश्विन २०८१, आइतबार

अल कायदाका नाइके लादेनलाई हतियार बेच्ने अफगानी घर फर्किए

प्रकाशित मिति :  31 August, 2021 1:38 pm


काठमाडौं । आतंकवादी संगठन अल कायदाका संस्थापक ओसामा बिन लादेनलाई हतियार बेच्ने अफगानिस्तानी लडाकु नेता अमिन उल हक २० वर्ष पछि घर फर्किएका छन् ।

लादेनका निकटतम मध्येका एक अमिन अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गरेको एक वर्ष भित्र पाकिस्तान छिरेका थिए ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुन केही समय अघि नांगरहार प्रान्तस्थित घरमा अमिन गए ।

२००१को सेप्टेम्बर ११मा अल कायदाले अमेरिकामा हवाई आक्रमण गरेको थियो । त्यसको जवाफमा अफगानिस्तानमा आक्रमण गरियो ।

त्यो आक्रमणका बेला लादेन तोराबोराको गुफामा लुकेका थिए । अमिन पनि तोराबोरा गुफामा लुकेका थिए ।

पछि पाकिस्तान पुगेका थिए ।

उनको अफगानिस्तान पुनरागमनबाट त्यहाँ अल कायदा बलियो हुने विश्वास गरिएको छ ।

पाकिस्तानमा पक्राउ पर्दा त्यहाँको सुरक्षा नियोगले अमिन विरूद्ध कुनै प्रमाण फेला गर्न सकेपछि रिहा भएका थिए ।

लादेन मारिएको ६ महिना पछि अमिनलाई रिहा गरिएको थियो ।

सन् २००१मा विश्वभरिका आतंकवादीहरूको सूचीमा अमिनको नाम पनि सामेल गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !