बागमतीमा ११ सांसदले रोजे नेकपा (एकिकृत समाजवादी), थप १० जनापनि आउने दाबी
काठमाडौं । बाग्मतीमा ११ जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छोडेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
उनीहरुले पार्टी आज बाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेर सनाखत गरेका हुन् ।
एकीकृत समाजवादी पार्टी रोज्ने सांसदहरुमा राजेन्द्र पाण्डे, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल,मुनु सिग्देल, बसुन्धरा हुमागाईं, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।
नेकपा समाजवादी पार्टीले बागमतीमा आफ्नो पक्षमा २१ जना सांसद रहेको दाबी गरेको छ । आज बाँकी रहेकालेपनि सनाखत गर्ने एकीकृत समाजवादीको दाबी छ । नेकपा एमाले विभाजित भएपछि माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ ।
बागमतीमा ११ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि नेपाललाई साथ दिँदै आएकी अष्ठलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएपछि नेकपा एमालेमै रहेकी थिइन् ।
तर सत्ता सम्हालेको २ हप्तामै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।