८ माघ २०८१, मंगलबार

पदाधिकारी नटुंगाएरै सकियो वाईसिएलको राष्ट्रिय भेला,२३१ सदस्यीय केन्द्रीय समिति घोषणा

प्रकाशित मिति :  31 August, 2021 3:44 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले पदाधिकारी चयन गर्न असफल भएको छ ।

अध्यक्षमा सर्वसम्मत हुन नसकेपछि २३१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै राष्ट्रिय भेला सकिएको छ ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए । नयाँ केन्द्रीय समितिमा २३ जना पछि मनोनीत हुनेछन् ।

गएको शनिबारदेखि सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए ।

अन्तिममा सेर्पाली र देवकोटाबीच सहमति नभएपछि नेतृत्व चयन गर्ने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको थियो । तर विवाद बढ्ने देखिएपछि केन्द्रीय समितिमात्रै चयन गरेर भेला सकिएको छ ।



प्रतिक्रिया दिनुहोस !