६ आश्विन २०८१, आइतबार

इराननिर्मित क्षेप्यास्त्र प्रणालीको सफलतापूर्वक परीक्षण

प्रकाशित मिति :  31 August, 2021 5:30 pm


काठमाडौं । इरानको सेनाले देशमै निर्मित क्षेप्यास्त्र प्रणाली मर्साद १६को सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । दश्त ए कविर मरुभूमिमा बहुपक्षीय शत्रु लक्ष्यलाई पत्ता लगाउने र ध्वस्त गर्ने क्षमताको मर्साद १६ क्षेप्यास्त्र प्रणालीको परीक्षण गरेको इरानी सेनाले जनाएको हो ।

इरानको उत्तर मध्यवर्ती प्रान्त सेमनानस्थित दश्त ए कविरमा इरानी सेनाले मंगलबार सो क्षेप्यास्त्र प्रणालीको परीक्षण गरिएको इरानी मिडियाहरूले जनाएका छन् ।

इरानी वायुसेनाकोको रक्षा सञ्चालन उपप्रमुख बिग्रेडियार जनरल मोहम्मद खोश्गाल्बले देशमै निर्मित भएको प्रणाली बताए । यो क्षेप्यास्त्रले धरतीबाट आकाशमा मार हान्न सक्ने क्षमताको रहेको छ । यसमा शतप्रतिशत प्रविधि इरानको भएको बताइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !