८ माघ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे

प्रकाशित मिति :  31 August, 2021 5:35 pm


कैलाली । सुदूरपश्चिम प्रदेशमा १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका १० सांसदले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेर सनाखत गरेका हुन् । यसअघि नेपाल समूहमा १७ जना सांसद देखिएका थिए ।

अहिलेसम्म १० जनाले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

नेकपा एकीकृत समाजवादी रोज्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकी रहेका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि आजै सनाखत गर्ने भनिएपनि निर्वाचन कार्यालयमा उपस्थित भएनन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले आफूसहित ३र४ जना सांसदले भोलि सनाखत गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !