६ आश्विन २०८१, आइतबार

दोहामा भारतीय राजदूत र तालिबानबीच भेट

प्रकाशित मिति :  31 August, 2021 6:06 pm


काठमाडौं । कतारका लाागि भारतीय राजदूत दिपक मित्तलले दोहास्थित तालिबानको राजनीतिक कार्यालय प्रमुख शेर महम्मद अब्बास स्तानेकजाइसँग भेटवार्ता गरेका छन् ।३१ डिसेम्बरका दिन भारतीय दूतावास दोहाको कार्यालयमा तालिबानको आग्रहमा सो भेट आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगानिस्तानमा फर्किन चाहने भारतीयहरूको सुरक्षा लगायतका विषयमा छलफल भएको छ । यसैगरी अफगानिस्तानका अल्पसंख्यकहरूको भारत भ्रमणका विषयमा छलफल भएको हो ।

फगानिस्तानी भूमिमा भारत विरोधी गतिविधि र आतंकवादी गतिविधि हुन नदिने विषयमा भारतीय चासो राजदूत मित्तलले तालिबानी प्रतिनिधिसमक्ष व्यक्त गरेका थिए । भेटमा तालिबानी प्रतिनिधिले भारत पक्षबाट व्यक्त चासोलाई सम्बोधन गर्न आफूहरू सकारात्मक रहेको विश्वास दिलाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !