६ आश्विन २०८१, आइतबार

जैविक प्रयोशाला सुरक्षाबारे अमेरिका कम पारदर्शीः चीन

प्रकाशित मिति :  31 August, 2021 6:53 pm


काठमाडौं । अमेरिकाले आफ्नो जैविक सैनिकीकरण र जैविक प्रयोगशाला सुरक्षाबारे कम खुला र कम पारदर्शी रहेको  चीनले आराेप लगाएकाे छ ।

दक्षिण कोरियाको नागरिक समूहले अमेरिकाको फोर्ट डेटरिक जैविक प्रयोगशाला विरूद्ध कानुनी कारबाही अगाडि बढाएको छ । दक्षिण कोरियाले चालेको यो कदमबारे प्रतिक्रिया जनाउँदै चीनको विदेशमन्त्रालयले यस्तो जनाएको हो ।

अमेरिकाले उहानमा भएको जैविक प्रयोगशालाको बारेमा एकथरी धारणा तथा मापदण्ड बनाउने र आफ्नो फोर्ट डेटरिकस्थित जैविक प्रयोगशालाबारे अर्कोथरी मापदण्ड अपनाएको चीनकाे भनाइ छ ।

अमेरिकाले उहानको प्रयोगशालाबाट कोरोनाभाइरस बनेको र त्यसपछि बाहिर निस्केको आरोप लगाएको थियो । साथै उहानको विषयमा चीनलाई विवादित बनाउने काम अमेरिकाले गरिरहेको चीनकाे भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न अमेरिकी गुप्तचरलाई जिम्मेवारी दिएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !