४ आश्विन २०८१, शुक्रबार

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा, ५० जिल्लाका किसानसम्म कृषि सेवा विस्तार

प्रकाशित मिति :  31 August, 2021 7:20 pm


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले तेस्रो वार्षिक उत्सव मनाएको छ । मंगलबार वार्षिक उत्सव मनाएको कम्पनीले यो अवधिमा १५ जिल्लामा आधिकारिक व्यवसायीक साझेदार र ५० बढी जिल्लाका कृषकलाई कृषि सेवा उपलब्ध गराएको जनाएको छ ।

मुक्तिनाथ विकास बैंक र ८ सय ३६ भन्दा बढीको सेयर लगानी रहेको कम्पनीले कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवापुर्याउनको लागि कृषि मूल्य श्रंखलामा काम गर्ने मुख्य उद्देश्य लिएर काम गरिरहेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीसँग आवद्ध रहेर आर्थिक वर्ष २०७७ ०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार काम गरिरहेका उत्कृष्ट कृषि साझेदारलाई पुरस्कारसहित सम्मान गरेको छ ।

गणपति एग्रिकल्चर प्रालि धादिङलाई वर्षको उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार गरिएको छ । कपिलवस्तुको जय किसान एग्रो मार्ट एण्ड मेसिनरीलाई उदाउँदो व्यवसायीक पुरस्कार, झापालाई तमोर कृषि भण्डारलाई दिगो व्यवसायिक साझेदार पुरस्कार र काठमाडौंको भ्यू टावर तरकारी पकेटलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरिएको छ ।

कम्पनीमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकालसमेतलाई पुुरस्कृत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !