वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने
प्रकाशित मिति : 1 September, 2021 1:08 pm
काठमाडौं । वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने भएका छन् । हिजो भदौ १५ गते दुवै कम्पनी एक आपसमा सम्झौता भएको सूर्योदय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीले बताए ।
मर्जर सम्झौता भएसँगै बुधबार (भदौ १६ गते) बाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भएको छ ।
वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । हाल वोमीको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ र सूर्योदयको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।