६ आश्विन २०८१, आइतबार

‘चीन सोभियत युनियन होइन’

प्रकाशित मिति :  1 September, 2021 1:23 pm


काठमाडौं । अमेरिकाका लागि चिनियाँ राजदूतले चीन सोभियत संघ जस्तो नभएको बताएका छन् । सोभियत संघको पतन आफ्नै कारणले भएको र त्यो पाठ चीनले सिकेको बताउँदै अमेरिकाका लागि चिनियाँ राजदूत किनगाङले ट्वीटरमा भनेका छन् ।

वर्चस्ववादले पतनलाई निम्त्याउने पाठ सोभियत संघको पतनबाट चीनले सिकेको बताउँदै राजदूत किनगाङले  इतिहासका अवसरहरूलाई गुमाउन नहुने बताए ।

त्यो भन्दा महत्वपूर्ण विषय भनेको ऐतिहासिक गल्तीहरूलाई दोहोर्‍याउन नहुने बताए । दुई फरक राजनीतिक प्रणालीमा रहेका दुई प्रमुख देशहरूमा संस्कृति तथा विकासका चरणहरू फरक रहेको बताउँदै राजदूत किनगाङले एकआपसको सम्मानमा आधारित शान्तिका लागि अगाडि बढ्ने बाटो खोज्नुपर्ने बताए ।

अमेरिकासँगको सम्बन्धको विकास गर्न हालै अमेरिकाका लागि राजदूत भएर गएका किनगाङले चीन र अमेरिकाको महत्व र अवस्थाबारे जनाउँदै यस्तो बताएका हुन् ।

उनले भने “ आपूर्तिको सामानमा कटौती गरेजस्तो विषय लगायतले चीनलाई भित्तामा पु¥याउन खोजिएको थाहा छ । तर हामीले सबै भएर आएका छौं । जब ह्ववेलाई राज्यको शक्ति लगाएर अमेरिकाले कुल्चिन खोज्छ त्यतिखेर ह्वावेको विनाशबारे सोच्नुपर्दैन ह्वावे जस्ता धेरै उदाइरहेको कम्पनीको बारेमा सोच्नु पर्छ ।”

केही मानिसहरूले अमेरिका विरूद्ध चीनले बाजी थापिरहेको र चीनको लक्ष्य अमेरिकालाई चुनौती दिन तथा विस्थापित गर्न खोजेको हो भनी विश्वास गरिरहेका छन् ।

तर यो भनेको चीनको रणनीति मनसायको गलत आकलन भएको उनले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !