६ आश्विन २०८१, आइतबार

हप्ताको ३ घण्टामात्र अनलाइन गेम खेल्न पाउने

प्रकाशित मिति :  1 September, 2021 2:12 pm


काठमाडौं । चीनमा बच्चालाई अनलाइन गेमको लतबाट बचाउनको लागि नयाँ नियम लागु गरेको छ । चिन सरकारले बच्चालाई खेल्नको लागि सिमित समय तोकेको छ । अब बच्चाले हप्तामा ३ घण्टाभन्दा धेरै अनलाइन गेम खेल्न पाउने छैनन् ।

रिपोर्टका अनुसार चिनिया रेगुलेटर्सले देशको गेमिङ उद्योगको लागि यो नियम लागू गरेको हो । सरकारले नयाँ नियम बच्चाको मानसिक स्वास्थ्य रक्षा गर्नको लागि पेश गरेको हो ।

रोयटर्सका अनुसार अनलाइन गेम प्रोभाइडरले शुक्रबार, शनिबार र आइतबार बच्चाको लागि १ १ घण्टाको सेवा दिनेछन् । यस बाहेक यो नियम बिदामा पनि लागू हुनेछ जस अनुसार यो सेवा १ घण्टाको लागि दिइने छ ।

चीनको सबै भन्दा ठुलो गेम कम्पनी टेन्सेन्ट होल्डिङ लिमिटेडले यो नियम पालन गर्न सुरु गरिसकेको छ । टेन्सेन्टका अनुसार समय सिमित भएका कारण कम्पनीको शेयर घटेको छ ।



प्रतिक्रिया दिनुहोस !