६ आश्विन २०८१, आइतबार

जापानमा पुगेको मोर्डना खोपमा भेटियो काला कण, १.६३ मिलियन डोज खोप लगाउन रोकियो

प्रकाशित मिति :  1 September, 2021 3:58 pm


FILE PHOTO: Medical staff prepares Moderna coronavirus disease (COVID-19) vaccine to be administered at the newly-opened mass vaccination centre in Tokyo, Japan, May 24, 2021. Carl Court/Pool via REUTERS/File Photo/File Photo

काठमाडौं ।

जापानमा पठाइएको मोडर्ना खोपमा काला कणहरु भेटिएपछि १.६३ मिलियन डोज खोप लगाउन अयोग्य घोषित गरिएको छ ।

जापानको कनागावा प्रान्तमा एक फार्मासिस्टले खोपको एउटा बोतलमा धेरै कालो कणहरू पाइएका हुन् ।

जापानमा सो खोप ३ हजार ७९० ले लगाइसकेका छन् भने बाँकीलाई लगाउन रोक लगाइएको हो ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सम्भावित दूषित खोपको कारणले स्वास्थ्यमा खतरा हुने वा नहुने भन्ने विषयमा भने कुनै तथ्य फेला पारेको छ ।

जापानमा भ्याक्सिन बेच्ने र वितरण गर्ने टाकेडा फार्मास्यूटिकलले गत हप्ता मात्रै करिव ५ लाख ६० हजार भ्याक्सिनको बोतलमा काला कणहरु फेला परेको हो । यसबारेमा थप अनुसन्धान भइरहेको बीबीसीले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

यो खोप रोल आउट अपेक्षाकृत ढिलो भएको छ । हालसम्म ४० प्रतिशत पूर्ण खोप लगाइएको छ भने करिव ५० प्रतिशतले एक डोज लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !