नेप्से झिनो अंकले वृद्धि हुदाँ ९ अर्बको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सेञ्ज नेप्से झिनो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१४ अंकले बढेर आजका लागि बजार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ अंकमा बन्द भएको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ अंकमा बन्द भएको छ ।
आज १३ ओटा उपसमूहमध्ये ४ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका ९ ओटा उपसमूहको परिसूचक घटेको छ ।
आज कारोबारका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ५९ करोड ९९ लाख ३६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज कूल २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।