८ मंसिर २०८१, शनिबार

ओपोको नयाँ फोन सार्वजनिक

प्रकाशित मिति :  1 September, 2021 5:01 pm


काठमाडौं । चिनीया स्मार्टफोन ओपोले नेपालमा ए—सिरिज अन्तर्गत ए १६ सार्वजनिक गरेको छ । ओपो ए १६ मा ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ भने एआई ट्रिपल क्यामेरा छ ।

ओपो ए १६ फोनमा १३ मेगापिक्सल मुख्य क्यामेराका साथमा २ मेगापीक्सलको डेप्थ (बोके) र २ मेगापिक्सलको माक्रो क्यामेरा छ भने ८ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ ।

ओपो ए १६ मा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । ब्याट्रीलाई १००% चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।

यस फोनमा ३जीबी ¥याम र ३२ जीबी रोम छ भने २५६ जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा छ ।

नेपालमा क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन रंगमा उपलब्ध छन् । ओपो ए १६ को मूल्य नेपाली बजारमा रु. १८,९९० रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !