ठाकुर पक्ष प्रतिगमनकारी भएको मुख्यमन्त्री राउतको भनाइ, भण्डाफाेर गर्न पार्टी पंक्तिलाई निर्देशन
कााठमाडौं । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, लोकतान्त्रिक र समाजवादी दुबै चरित्रकाे नभएकाे बताएका छन् ।
समाजवादी पार्टीलाई प्रतिगमनकारी शक्ति भएको दाबी गर्दै भण्डाफाेर गर्दै जनतालाई विकसित नयाँ परिस्थिति बारे जानकारी गराउने कार्यमा खटिन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।
ठाकुर पक्ष अहिले पार्टी गठन गरी आफूहरू मधेशको सबै भन्दा ठूलो पार्टी भएको भनेर जनप्रतिनिधिहरूमा भ्रम छर्न आएको बताउँदै मुख्यमन्त्री राउतले त्यो भ्रम चिर्न आवश्यक भएको बताए ।
जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठाकुर पक्षका पूर्व अध्यक्ष मण्डलका दुई अध्यक्ष जसपामा रहेको र जनकपुर उपमहानगरपालिका मेयर लगायतका धेरै जनप्रतिनिधि जसपामा रहेको बताए ।
कोही लोकतान्त्रिक र समाजवादी नाउँ राख्दैमा त्यस्तो हुन नसक्ने बताउँदै राउतले ओली सरकारको प्रतिगमनलाई साथ दिएका प्रतिगमनकारी भएको टोल टोल र वडा वडामा गएर बुझाउनुपर्ने आवश्यकता औंल्याए ।