समय समयमा ज्यामी सरह काम गर्ने नेताहरूले मधेसीको भलो नगर्ने यादवको भनाइ
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीमा बाँकी भएका अगुवा नेताहरू समय समयमाा मधेसीको हक अधिकारका लागि कसैको भनाइमा मात्र लड्ने गरेको वास्तविक नेता नभएको जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
समय समयमा मधेसी हक अधिकारको आन्दोलनमा आउने नेताहरूबाट मधेस र मधेसीको हित हुन नसक्ने अध्यक्ष यादवले बताएका हुन् ।
भदौ २२ गतेको समय अवधिमा जनता समाजवादीका प्रदेश सभा सदस्य तथा स्थानीय तहका नेता भित्र्याउने लोकतान्त्रिक समाजवादीका नेताहरूको प्रयास विफल बनाउन जनकपुर पुगेका अध्यक्ष उपेन्द्र यादवले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला आफूले मधेसी हक अधिकारका लागि आन्दोलन गरिरहँदा केही नेताहरूले पानीको फोका भएको र केहीले ९५ प्रतिशत माग पूरा भइसकेको बताउने नेता अहिले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बनेकाे उनले बताए ।
अध्यक्ष यादवले अहिले केही व्यक्ति मधेसी हकहितको सवालमा भ्रममा परी लाेकतान्त्रिक प्रवेश गरेका कार्यकर्ताहरूलाई फर्कन आग्रह गरे । मधेसीको हकहितका लागि निरन्तर संघर्ष गर्दै हक अधिकार सुरक्षित गर्ने बाटोमा हिँडनुपर्ने आवश्यकता उनले औंल्याए ।
प्रतिगमनबाट लोकतन्त्रलाई जोगाउने काम जसपाले गरेको बताउँदै भ्रममा परेर जानेहरूलाई सही कुरा बुझाएर आफूतिर तान्न कार्यकर्तालाई पार्टी बलियो बनाउन आग्रह गरे ।