ब्रिक्स विकास बैंकमा जोडिए युएई,उरुग्वे र बंगलादेश
काठमाडौं । उदीयमान अर्थतन्त्रहरूका ब्रिक्स विकास बैंकमा युनाइटेड अरब इमिरेट्स(युएई), उरुग्वे र बंगलादेश जोडिएका छन् ।
न्यु डिभलपमेन्ट बैंकका(एनडीबी) गभर्नरहरूको बोर्डले नयाँ सदस्यहरूको रूपमा यी देशहरूको सदस्यतालाई अनुमोदन गरेको छ ।
एडीबीका अध्यक्ष मार्कोस ट्रोयजोले भने “ युएई, उरुग्वे र बंगलादेशलाई एनडीबीमा स्वागत गर्न हामी खुशी भएका छौं । नयाँ सदस्यहरूलाई दीगो विकास र पूर्वाधार क्षेत्रको विकासमा यो एक मञ्चको रूपमा उपलब्ध हुनेछ ।”
साथै संघाइमा आधारित प्रतिष्ठानले सदस्यताको थप विस्तार गर्ने उनले जनाए ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सले एनडीबीको स्थापना गरेको थियो ।
यो बैंकले प्रमुख पूर्वाधार परियोजनाहरूमा लगानी लगाइरहेको छ ।
सन् २०१५यता ३० अर्ब अमेरिकी डलर बराबरका करिब ८० परियोजनालाई एनडीबीले अनुमोदन गरेको छ ।