६ आश्विन २०८१, आइतबार

तालिबानको भनाइ अफगानिस्तानको पुनर्निर्माणमा चीन मुख्य साझेदार

प्रकाशित मिति :  3 September, 2021 1:50 pm


काठमाडौं । अफगानिस्तानको राजधानी कब्जामा लिएको तालिबानी समूहले अफगानिस्तानको पुनर्निर्माणमा मुख्य साझेदार चीन हुने भएको जनाएको छ ।

अमेरिकी सेना अफगानिस्तनबाट बाहिरिएपछि त्यहाँको नयाँ शासक तालिबानले चीनको आर्थिक सहयोगमा देशको अर्थतन्त्रको विकास गरिने जनाएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले इटलीको अखबार ला रिपब्लिकालाई सेप्टेम्बर दुईमा दिएको एक अन्तर्वार्तामा देशको पुनर्निर्माणमा चीन मुख्य साझेदार हुने बताए ।

अगस्ट १५मा काबुल कब्जा गरेयता तालिबानले पश्चिमाहरूलाई सहयोग गर्नेहरूसँग प्रतिशोध नलिने र मानवअधिकारको सुरक्षा गर्ने प्रतिबद्धता गदै आएको छ ।

अमेरिका र उसका सहयोगी देशहरूले आफ्ना कुटनीतिक मिसनहरूलाई बन्द गरी तालिबान सरकारलाई मान्यता दिन आवश्यक सर्तहरू अगाडि बढाएका छन् ।

तालिबानलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूसँगको सम्बन्ध विच्छेद गर्न र माानवअधिकार विशेषगरी महिला अधिकारप्रति सम्मान गर्न पश्चिमा शक्तिशाली देशहरूले आग्रह गरेका छन् ।

यो भए मात्र तालिबान सरकारलाई मान्यता दिने उनीहरूले जनाएका छन् ।

चीनको वैश्विक पूर्वाधार परियोजना विकाससम्बन्धी अभिप्रेरणा द बेल्ट एन्ड रोड बीआरआई प्रति तालिबानीहरू आकर्षित भएको मुजाहिदले जनाएका छन् ।

अफगानिस्तानको तामा खानीलाई आधुनिकीकरण गर्ने विश्वास चीनले दिएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !