१३ मंसिर २०८१, बिहिबार

कुश्मा नगरपालिकाले बिल भरपाई बिनै विद्यालयको खातामा १५ लाख पठायो

प्रकाशित मिति :  3 September, 2021 2:31 pm


काठमाडौ । कुश्मा नगरपालिकाले पूर्णेश्र माध्यामिक विद्यालयलाई बिल भरपाई बिना अनुदान रकम दिएको छ । हालै सार्वजनिक भएको महालेखाको ५८ औं प्रतिवेदनअनुसार नगरपालिकाले लागत इष्टिमेट तथा बिल भरपाई बेगर विद्यालयको खातामा जम्मा हु्नेगरी सोझै रकम पठाई खर्च लेखेको छ ।

०७७ साल असार १६ गते स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत पूर्णश्वर माविको पूर्वाधार निर्माण कार्यको लागि १५ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम परेको थियो ।

नगरपालिकाले स्वीकृत कार्यक्रमअनुसार विद्यालयमा पूर्वाधार निर्माणको कार्य गर्न लागत इष्टिमेट तयार गरी विद्यालयसँग संझौता गरी कार्य सम्पन्न पश्चात निमार्ण कार्यको नापी किताब, बिल भरपाई र कार्यसम्पन्न पश्चात रकम खर्च लेखी भुक्तानी गर्नुपर्नेमा सो सम्बन्धी कुनै पनि कार्य पुरा नगरी रकम दिएको महालेखाले जनाएको छ ।

विद्यालयको भौतिक निर्माणको प्रमाण पेस नगरी रकम भुक्तानी दिएको भन्दै महालेखाले प्रमाण पेस गर्नुपर्ने अन्यथा विद्यालयबाट रकम फिर्ता गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !