पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवमा मिलन कुमार थापा नियुक्त
प्रकाशित मिति : 3 September, 2021 3:37 pm
काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको गोदावरी–१ का थापालाई पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा थापालाई प्रधानमन्त्रीस्तरीय निर्णय अनुसार पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८ .२. १३ बमोजिमको सदस्य सचिवमा नियुक्त गरिएको उल्लेख छ ।
थापाको कार्यकाल चार वर्षको हुनेछ । हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधि गरेका र यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष भएर काम गरि अनुभव लिएका थापाको कार्यकाल चार वर्षको हुने जनाइएको छ ।