१३ मंसिर २०८१, बिहिबार

पोखरा महानगरपालिकाले कानुन अधिकृत हुँदा हुँदै पटके सल्लाहकार राखेर अनियमितता

प्रकाशित मिति :  3 September, 2021 5:02 pm


काठमाडौं । पोखरा महागरपालिकाले पटके सल्लाहकार राखेर ८ लाख बढी रकम भुक्तानी गरेको छ ।

महालेखाले हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदनअनुसार महानगरपालिकाले कानन अधिकृतको पदपूर्ति भएको अवस्थामा समेत पटक पटक कानुनी सल्लाहकार राखेर ८ लाख ४८ हजार ५ सय रुपैयाँ अनियमितता गरेको छ ।

पालिकाले कानूनको दरवन्दी भइ सोही अनुसार २ जना कानून अधिकृत समेत रहेकोमा अवस्थामा पुनः पटके रुपमा कानूनी सल्लहकार नियुक्ती गरी पटक पटक रुपमा कानूनी सल्लाहकारलाइ रकम भुक्तानी भएको अवस्था प्रतिवेदनमा उल्लेख गरेको छ ।

महालेखाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २९ मा कार्यालयका कर्मचारीवाट उक्त काम नहुने अवस्थामा मात्र परामर्श सेवामा रकम खर्च गर्न सकिने उल्लेख भएकोमा २/२ जना कानूनका अधिकृतको पदपूर्ति रहेकोमा समेत उनिहरुवाट काम हुन सक्ने नसक्ने केही उल्लेख नगरी यसरी रकम भुक्तानी गर्नु अनियमितता भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !