६ आश्विन २०८१, आइतबार

अमेरिकी सेना फिर्ता भएयता पहिलो पटक अमेरिकी विदेशमन्त्री र भारतीय विदेश सचिव बीच भेटवार्ता

प्रकाशित मिति :  3 September, 2021 6:24 pm


काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता भारतीय विदेश सचिव हर्षबर्द्धन शृङ्गलाले अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग पहिलो पटक प्रत्यक्ष भेटघाट गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री वेन्डी शेरम्यानलगायतका उच्चपदस्थ अधिकारीहरूसँग भारतीय विदेश सचिव शृङ्गलाको भेटवार्ता भएको हो ।

अफगानिस्तानमा तालिबानले राजधानी काबुल कब्जा गरेलगायतका समसामयिक क्षेत्रीय तथा वैश्विक विषयहरूले अमेरिकी उच्च अधिकारीहरूसँग छलफल गरेका हुन् ।

।शृङ्गला गत बुधबार न्युयोर्कबाट राजधानी वासिंटन पुगेर बिहीबार विदेशमन्त्रालयको प्रधानकार्यालय बोगी बोटममा ब्लिन्केनसँग भेटघाट गरेको जानकारी विदेश मन्त्रालयका प्रवक्ता अरविन्द बाग्चीले ट्वीट गरेका छन् ।

अमेरिकाका लागि भारतीय राजदूत तरणजीत सिंह सन्धु पनि शृङ्गलासँगको भेटघाटका बेला उपस्थित थिए ।

 



प्रतिक्रिया दिनुहोस !