पर्वतमा पहिरो : पाहुना आएका आमा छोराको मृत्यु, घरधनी सकुशल
काठमाडौं । पर्वत कुश्मा नगरपालिका ११ मा पहिरोले घर पुरिँदा पाहुना आएका आमा छोराको मृत्यु भएको छ भने घरका सबै सदस्य सकुशल रहेको स्थानीयले बताए ।
मान्डाँडा स्थित मनिलाल पौडेलको घरमा पाहुना आएकी मोदी गाउँपालीका ७ की ३८ वर्षीय उनकी साली ३८ वर्षीय दुर्गा पौडेल र छोरा ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ ।
त्यस्तै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ भने मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएको पर्वत प्रहरीले जनाएको छ । साथै मोदी गाउँपालिका–५ आम्बोटमा पहिरोले घर पुरिँदा ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । पहिरोले ७५ वर्षकी कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।