८ माघ २०८१, मंगलबार

बरालको अध्यक्षतामा सेजनको नयाँ कार्यसमिति

प्रकाशित मिति :  3 September, 2021 8:17 pm


काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अधिवेसनले जनार्दन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार भएको निर्वाचनमा तीन जना प्रतिस्पर्धीमध्ये बराल ११४ मत प्राप्त गरि विजय भएका हुुन् । उनका निकटतम प्रतिद्वन्द्वी आशिष ज्ञवालीले ८० र शिरोमणी ढुंगानाले ४८ मत ल्याए।

नयाँ पत्रिका दैनिकसँग सम्बद्ध बराल सेजनको १२ औं अध्यक्ष हुन् । सेजनको उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा विजय भएका छन् ।

कार्यसमिति सदस्यमा अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शोभित थपलिया र चेतबहादुर अधिकारी (सीबी) विजय भएका छन् ।



प्रतिक्रिया दिनुहोस !