८ माघ २०८१, मंगलबार

बाढीपहिरो पीडित परिवारहरूको पुर्नवास र राहतको व्यवस्था गर्न विप्लव नेतृत्व नेकपाको माग

प्रकाशित मिति :  4 September, 2021 2:07 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बाढीपहिरो पीडित परिवारहरूको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट पिडितहरूको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाण्डले विज्ञप्तिमा अगाडि भनेका छन्,“यसरी पहिरोमा परि ज्यान गुमाउने सवै मृतकहरूप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै मृतकका आफन्तजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ । पीडित परिवारहरूको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसँग पार्टी विशेष माग गर्दछ । पहिरोबाट पीडितहरूको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशन पनि गर्दछ ।”

विज्ञप्तिमा १७ गते राती पहिरोका कारण पर्वत जिल्ला कुश्मा नगरपालिका वार्ड न ३ दुर्लङमा माधव शर्माको घर भत्किँदा ७५ बर्षीय शिला पौडेल, ३५ बर्षीय भवगती पौडेल, ११ बर्षीय विनिता पौडेल र ९ बर्षीय विनोद पौडेल,कुश्मा ११ चिम्लीमा मनीलाल पौडेलको घर भत्किँदा ३८ बर्षीय दुर्गा पौडेल र ६ बर्षीय गणेश पौडेलको, कुश्मा ११ पकुवा चिम्लेमा पहिरोमा परि माया कुमारी पौडेल र उनका ३ बर्षीय छोरा प्रयास पौडेल र पहिरोमा बेपत्ता ७० बर्षीय डिल्लीपाध्य पौडेलेको पनि दुःखद् मृत्यु भएको उल्लेख गरेका छन् ।

प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा भनिएको छ,“वाढी र पहिरोका कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भई यात्रुहरूले भोग्नुपरेको सास्तीप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र सञ्चालन गरि जनताको यात्रालाई सहज बनाउन नेपाल सरकारसँग पार्टी जोडदार माग गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !