भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस
प्रकाशित मिति : 4 September, 2021 4:07 pm
काठमाडौं । सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् । कार्कीका अनुसार भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउन सिफारिस गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।