६ आश्विन २०८१, आइतबार

सन् २००८/०९जस्तो आर्थिक संकट सन् २०२३मा आउन सक्ने रुसी केन्द्रीय बैंकको चेतावनी

प्रकाशित मिति :  4 September, 2021 4:53 pm


काठमाडौं । सन् २००८/०९ जस्तो आर्थिक संकट सन् २०२३मा आउने सक्ने रुसी केन्द्रीय बैंकले चेतावनी दिएको छ । विश्व अर्थतन्त्रका समस्याहरू विगत १८ महिनादेखि थन्किरहेको रुसी बैंकले भनेको छ ।

कोभिड–१९ फैलिएपछि त्यसको लडाइँका लागि सरकारहरूले अपनाएका मापदण्डको बाइप्रडक्टको रूपमा ती समस्या थन्किएर गइरहेकोे बैंकले जनाएको छ ।

मौद्रिक नीति निर्देशिकाको मस्यौदामा रुसी केन्द्रीय बैंकले विश्व अर्थतन्त्र एक संकटमा प्रवेश गर्न लागेको जनाएको छ । देशहरूद्वारा राखिएको वैश्विक ऋणमा भएको वृद्धि र कमजोर वित्तीय अवस्थाका कम्पनीहरूको बढ्दो संख्या दुवैले समस्या ल्याउने भएको छ ।

मस्यौदामा बैंकले भविष्यमा आउने समस्याका चार पृथक् अवस्था सन् २०२४ सम्म देखा पर्ने जनाएको छ । कथित आधारपंक्तिको दृश्य मन्दीलाई देशहरूद्वारा बेवास्ता गरिन्छ । देशहरूले आफ्ना खोप लक्ष्य प्राप्त गर्छन् । विकसित अर्थतन्त्रहरूले मौद्रिक नीतिलाई सामान्यीकरण गर्नेतर्फ सार्ने छन् ।

अन्य परिदृश्यहरूमा पहिलो उदाहरण भनेको महामारीले विश्वव्यापी अर्थतन्त्रलाई दुर्घटनामा पार्ने खराब अवस्थामा पुर्‍याउँछ ।

दोस्रो माहामारीमा सुधार त हुन्छ तर समस्या थुप्रिदै जान्छ । महामारीले आर्थिक अवस्थालाई खराब पार्दै स्फितिलाई उँचो बनाउँछ । तेस्रो विकसित अर्थतन्त्रहरूद्वारा मौद्रिक नीतिसँगको अस्थिर आयाम वित्तीय बजारमा लगानीकर्ताहरूमा हुने आत्मविश्वासमा कमी भएर हुन्छ ।

रुसी केन्द्रीय बैंकले जनाए अनुसार यी तीन नकारात्मक परिदृश्य सबै भन्दा खराब हुन्छ । रुसी अर्थतन्त्र उच्च स्फितिबाट पीडित भइरहेको  छ । अहिले ६.५ प्रतिशतमा रहेको छ । यसलाई आउन लागेको संसदीय निर्वाचनले गर्दा भएको आरोप लगाइएको छ । जुलाईमा रुसी केन्द्रीय बैंकका गभर्नर एल्भिरा नबिउलिनाले प्रतिष्ठानले दर वृद्धि हुने खुलाएका थिए ।



प्रतिक्रिया दिनुहोस !