६ आश्विन २०८१, आइतबार

सम्झौताबाट मतभेद समाधान नगरिए पञ्जशिर प्रतिरोध देशभरि फैलिने चेतावनी

प्रकाशित मिति :  4 September, 2021 5:32 pm


काठमाडौं । अफगानिस्तानको दोस्रो ठूलो राजनीतिक दल जमाइत इश्लामीका नेता सलाहुद्दीन रब्बानीले सम्झौताबाट समाधान नखोजिए पञ्जजशिरमा देखिएको प्रतिरोध अफगानिस्तानभर फैलिने चेतावनी दिएका छन् ।

पूर्व राष्ट्रपति बुरहानुद्दीन रब्बानीका छोरा तथा   जमाइत इश्लामीका नेता रब्बानीले  तालिबानलाई सम्बोधन गरी सार्वजनिक गरेको एक भिडियो क्लिपमा भनेका छन् “यो युद्ध तपाईहरूको होइन न त यो तपाईँहरूको र तपाईहरूको जनताको पक्षमा छ ।

राजनीतिकरूपमा तपाईहरूले आफ्नो अवस्थाबारे र विगत दुई सातामा सत्तामा रहेर बुझिसकेको हुनुपर्छ ।”

तालिबानले काबुल कब्जा गर्न एकदिन अघि अन्य अफगानी राजनीतिज्ञहरूका साथ  रब्बानी  पाकिस्तानको राजधानी इश्लामाबाद गएका थिए । रब्बानीले त्यो भिडियो अफगानिस्तान बाहिरबाट सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् “ अब अफगानिस्तानमा कुनै विदेशी सेना छैन् । तालिबानका लागि युद्धको अवस्था छैन् । शक्तिको एकाधिकारवाद र निरंकुशता विगतका सरकार असरफ गानीको सरकारबाट असफल भइसकेको अनुभव हो ।जसले निसन्देह विनाश निम्त्याउँछ ।” भने“ तालिबानले मतभेदहरूको समाधान खोज्नुपर्छ र अन्ततः अफगानिस्तानका सबै जनतालाई प्रतिनिधित्व गर्ने एक समावेशी चरित्रको सरकार खोज्नुपर्छ ”

पञ्जशिर प्रान्तले अहिले मात्र प्रतिरोध जनाइरहेको छ । अहमद मसुद नेतृत्वको शक्तिले तालिबानसँग जुधि रहेको छ । जटिल भूगोल भएको क्षेत्रमा दुवै पक्षले चार दिनदेखि लडिरहेका छन् । दुवै पक्षले हताहती भएको दाबी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !