१६ कार्तिक २०८१, शुक्रबार

फिलिपिन्सद्वारा नेपाललसहितका देशमा लगाएको यात्रा प्रतिबन्ध फुकुवा

प्रकाशित मिति :  5 September, 2021 11:49 am


काठमाडौं । फिलिपिन्सले नेपालसहितका देशहरूमाथि लगाएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सो यात्रा प्रतिबन्ध लगाइएको थियो । अप्रिलदेखि १० एसियालीदेशहरू विरूद्ध लगाइ आएको यात्रा प्रतिबन्ध फिलिपिन्सले सेप्टेम्बर ६ सोमबारदेखि लागु हुने छ ।

फिलिपिन्सले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स , ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्रा प्रतिबन्ध लगाएको थियो ।

तर फिलिपिन्स जाने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ताले जानकारी सार्वजनिक गरेका हुन् ।

भारतमा पहिलो पटक फेला परेको डेल्टा भेरिएन्ट फिलिपिन्सका समुदायहरूमा फैलिए पछि त्यसलाई नियन्त्रण गर्न विभिन्न मादपण्डहरू अपनाउने क्रममा यात्रा प्रतिबन्ध पनि एक थियो ।

एक हजार ७८९ मानिसहरू डेल्टा भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको र ती मध्ये ३३ जनाको मृत्यु भएको फिलिपिन्सका सरकारी अधिकारीहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !