६ आश्विन २०८१, आइतबार

तालिबानका संस्थापक भन्छन्, ‘समावेशी सरकार छिट्टै बन्नेछ’

प्रकाशित मिति :  5 September, 2021 1:02 pm


काठमाडौं । तालिबानका संस्थापक नेता तथा नयाँ सरकारको नेतृत्व गर्ने चर्चामा रहेका नेता मुल्ला अब्दुल गनी ब्रादरले सबै पक्ष समावेश भएको समावेशी सरकार छिट्टै घोषणा हुने बताएका छन् ।

ब्रादरको नेतृत्वमा नयाँ अफगानी सरकारको घोषणा शनिबारसम्म हुने अपेक्षा गरिएका बेला अलजजीरासँगको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

यसअघि तालिबानका प्रवक्ता बिलाल करिमीले कान्दाहारमा मुल्ला हेबतुल्लाको अध्यक्षमा परिषद्को बैठकमा सरकारमा सहभागी हुने सम्झौताहरू भएको बताएका थिए ।

तालिबानले काबुल कब्जा गरेको तीनसाता भइसकेको भएपनि अझसम्म नयाँ सरकारको घोषणा हुन सकेको छैन् । महिला तथा मानवअधिकार सम्बन्धी विषयलाई सम्मान दिँदै तालिबान सरकार गठन हुने प्रतिक्षा देशभित्र र बाहिर भइरहेको छ ।

अमेरिकी सेना फिर्ता भएपछि काबुल कब्जा गरेको तालिबानले त्यहाँका सबै समूहलाई प्रतिनिधित्व गराउने गरी नयाँ सरकारको गठनबारे राजनीतिक तथा कुटनीतिक छलफल गर्दै आएका छन् ।
यसअघि अफगानिस्तानको दोस्रो ठूलो राजनीतिक दलका नेताले तालिबानले अफगानिस्तानका सबै मतभेद समाधान हुने गरी सरकारको गठन नभए पञ्जशिरमा सामना गरिरहेको प्रतिरोध देशभर फैलिने चेतानवी दिएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !