८ माघ २०८१, मंगलबार

प्रदेश नम्बर २ सरकारमा हेरफेरबारे जसपा संसदीय दलको बैठक

प्रकाशित मिति :  5 September, 2021 1:17 pm


काठमाडौं । प्रदेश नम्बर २ सरकारमा हुन सक्ने हेरफेरलगायतका विषयमा केन्द्रितभइ जनता समाजवादी पार्टीको प्रदेश संसदीय दलको बैठक बसिरहेको छ ।

पार्टीका पूर्व अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा गठित लोकतान्त्रिक समाजवादी पार्टीले आफू ठूलो र मधेसी हक अधिकारका लागि लड्ने पार्टी भएको दाबी गर्दै तानेर लगिएका प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई फेरि फर्काउन र केन्द्रमा बनेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई सहभागी गराउने विषयमा आइतबार जनकपुरमा बैठक बसेको हो ।

यसका साथै निर्वाचन आउन धेरै दिन बाँकी नरहेकाले प्रदेश सरकारको प्रभावकारी भूमिका तथा थप चुस्तदुरुस्त पार्न बैठक बसेको पार्टीका नेताहरूले जनाएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा जनकपुरको एक होटलमा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता भइरहेको बैठकमा सहभागी हुन काठमाडौंबाट पनि नेताहरू शनिबार प्रस्थान गरेका थिए ।

अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले जनाए अनुसार जनकपुरमा आयोजित बैठकमा सहभागी हुन काठमाडौंबाट पार्टीका कार्यकारिणी सदस्य रेणु कुमारी यादव र राजकिशोर यादवलगायतका नेता जनकपुरधाम पुगेका छन् ।

साथै सो बैठकमा पार्टीका कार्यकारिणी सदस्य महेन्द्र राय यादव, मृगेन्द्र कुमार सिंह यादव लगायतका नेताहरूको बैठकमा सहभागिता रहेको छ ।

नाम नखुलाउने सर्तमा पार्टीका एक नेताले नकेपा एमालेबाट टुक्रिएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा(एकीकृत समाजवादी) पार्टीको तर्फबाट प्रदेश सांसदहरूलाई सहभागी गराउनुपर्ने हुने सक्ने भएकाले त्यसबारे सरकारमा सहभागी भएका नेताहरूलाई त्यस अनुरूप मानसिकता बनाउन यो बैठकको विशेष प्रयोजन रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !