८ माघ २०८१, मंगलबार

भारतविरुद्व प्रर्दशन नगर्न गृह मन्त्रालयको आग्रह,कानुनी कारबाही गर्ने चेतावनी

प्रकाशित मिति :  5 September, 2021 1:34 pm


काठमाडौं । गृह मन्त्रालयले भारत विरुद्व प्रर्दशन नगर्न र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला नजलाउन आग्रह गर्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

तुइन प्रकरण र हेलिकप्टरको विषयलाई हरेक दिन प्रर्दशन हुने गरेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला चलाउने काम भइरहेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भनेको छ,“ विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने,जुलुस प्रर्दशन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्याकर्षण भएको छ ।”

मन्त्रालयले मित्रराष्ट्रहरू विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ मित्र राष्ट्रहरू विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई काुनुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।”

मन्त्रालयले नेपाल सरकार सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ भन्दै नेपाली भूमिमा कुनैपनि राष्ट्र विरुद्धका गतिविधि हुन नसकिने विषयमा कटिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनैपनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ । मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिदै आएको विदितै छ । भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता,सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने छ ।”



प्रतिक्रिया दिनुहोस !