११ मंसिर २०८१, मंगलबार

पाकिस्तानमा आत्मघाती बम विस्फोटनमा तीनको मृत्यु, बीस घाइते

प्रकाशित मिति :  5 September, 2021 4:21 pm


काठमाडौं । पाकिस्तानमा अवैध घोषित तहरीक ए तालिबानले बलोचस्तिान प्रान्तमा एक आत्मघाती बम विस्फोटन गराएको छ । आइतबार भएको सो बम विस्फोटनमा तीनको मृत्यु भएकाे छ भने बीस घाइते भएका छन् ।

क्वेटा प्रहरीका डीआईजीपी अजहर अकरमले क्वेटाको मस्तुङ सडकमा विस्फोटन गराइएको जनाएका छन् । घाइतेहरूमा १८ सुरक्षाकर्मीहरू रहेका छन् । मर्नेहरूको संख्यामा वृद्धि हुन सक्ने आंशका गरिएको छ । आतंकप्रतिरोधी विभाग बलोचिस्तानका अनुसार सोनाखान चेकपोस्टमा आत्मघाती आक्रमण गरिएको हो ।

पाकिस्तानमा अवैध घोषित गरिएको तहरीक ए तलिबान पाकिस्तानले यो आत्मघाती बम विस्फोटनको जिम्मेवारी लिएको छ । यो आतंकवादी विस्फोटन गराएर अफगानिस्तानको राजधानी काबुलमा शासक परिवर्तन भए पाकिस्तानको समस्या समाधान नहुने संकेत गराएको देखिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो विस्फोटनको भत्र्सना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति सदभाव व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !