८ माघ २०८१, मंगलबार

काठमाडौं महानगरपालिका वडा नं. १५ मा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

प्रकाशित मिति :  5 September, 2021 5:14 pm


काठमाडौं । नेकपा एकिकृत समाजवादीको काठमाडौं महानगरपालिका वडा नं. १५ मा वडा कमिटी गठन भएको छ ।

राजा शाक्यको नेतृत्वमा ४७ जनाको कमिटी गठन भएको हो । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीले संगठन विस्तारको कामलाई अगाडि बढाएको छ ।

काठमाडौंमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ संगठन निर्माणमा सक्रिय भएका छन् । वडा कमिटी गठनका क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १५ का कार्यकर्ताहरूसंग भेटघाट समेत गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

कार्यकर्ता भेटघाट तथा कमिटी गठनमा प्रदेश कमिटी सदस्य तथा महानगर सयोजक रामेश्वर श्रेष्ठ, प्रदेश कमिटी सदस्य, कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल,काठमाडौ जिल्ला सदस्यहरु मैयाँ लक्ष्मी महर्जन, भिमसेन राजवक, अमर रन्जित लगायतको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !