उपत्यकाका नदी घर घर पसे, मानविय क्षति भने छैन
प्रकाशित मिति : 6 September, 2021 9:26 am
काठमाडौं । आइतबार रातीदेखिको अबिरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीछेउछाउका वस्तीमा बाढी पसेको छ ।
बाग्मती, गुह्यश्वरी, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायतका नदी किनाराका वस्तीमा बाढी पसेको हो ।
सामान्य अवस्थामा पानीको मात्रा निकै कम रहने उपत्यका दर्जन बढी नदीहरु पानी परेको बेलामा भने उर्लेर बग्ने गरेका छन् ।
बाढीका कारण उपत्यकामा मात्र करिव चार सय घर डुबानमा परेका छन् । उपत्यकामा मानविय क्षति भने भएको छैन ।