६ आश्विन २०८१, आइतबार

पञ्जशिर कब्जा गरेको तालिबानी दाबी, प्रतिरोधी शक्तिद्वारा अस्वीकार

प्रकाशित मिति :  6 September, 2021 1:52 pm


काठमाडौं । तालिबानले पञ्जशिर कब्जा गरेको दाबी गरेकाे छ । पञ्जशिरका प्रतिरोधी शक्तिद्वारा कब्जाकाे दाबी अस्वीकार गरिएको छ ।

गत १५ अगस्टमा तालिबानले अफगानिस्तान कब्जा लिए पनि पञ्जशिर नियन्त्रण बाँकी रहेको थियो । ३१ अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले पञ्जशिरतर्फ आक्रमण सुरु गरेको थियो । त्यसयता तालिबानले पञ्जशिरका कतिपय जिल्ला कब्जा गरी अघि बढ्दै गएको जनाउँदै आएको छ ।

सोमबार तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले जित्न बाँकी रहेको पञ्जशिर जितिएको पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए ।

सोमबार बिहान ट्वीट गर्दै तालिबानले पञ्जशिर कब्जामा लिएको दाबीलाई प्रतिरोधी समूहका नेता अहमद मसुदले गलत भएको जनाएका छन् ।

राष्ट्रिय प्रतिकार मोर्चाका सेनाले सबै रणनीतिक स्थानहरूमा अझ उपस्थित रहेको जनाउँदै तालिबानी दाबी गलत भएकाो मसुदले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !