८ मंसिर २०८१, शनिबार

नेप्सेमा १६१ अंकको उछाल, ४५ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  6 September, 2021 3:35 pm


काठमाडौं । हिजो साताको पहिलो कारोबारको दिन सर्वाधिक अंक १०८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार बाउन्स ब्याक भएको छ । हिजो ५ प्रतिशतले घटेको नेप्से परिसूचक आज भने झण्डै ६ प्रतिशतले बढेको छ ।

आज सेयर मापक परिसूचक नेप्से १६१.९४ अंकले बढेर २९८०.७८ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ३१.४१ अंकले बढेर ५५३.४० अंकमा पुगेको छ ।

केही दिनदेखि घटेको बजार लयमा फर्किने बित्तिकै लगानीकर्ता उत्साहित बनेका छन् ।स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक उपसमूह बढेको छ ।

त्यस्तै आज ४५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कूल २२४ वटा कम्पनीको एक करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !