८ मंसिर २०८१, शनिबार

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी

प्रकाशित मिति :  6 September, 2021 5:43 pm


काठमाडौं । काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग बसेको बैठकले कोरोना संक्रमण दरको अवस्था बुझेर स्वास्थ्य मापदण्ड पालाना गरी विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको प्रम्ुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

स्थानिय तहका शिक्षा शाखाले कोभिड १९ संक्रमणको अवस्था र शिक्षक कर्मचारीले खोप लगाए नलगाएको विवरण र विद्यालय संचालनको ढाँचा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)मा पठाउनु पर्ने पराजुलीले बताए ।

यदि सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ ।

असोज १ गतेदेखि पूर्ण रुपमा भन्दा पनि तयारीका रुपमा विद्यालय खुल्ने भएपनि कोरोनाको संक्रमण अवस्था हेरेर दशैं तिहारपछि मात्र विद्यालयहरू पूर्ण रुपमा खोल्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।



प्रतिक्रिया दिनुहोस !