विवेकशील साझा पार्टीमा विवाद चर्कदै,असन्तुष्ट नेताहरूको राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीभित्र विवाद चर्किदै जाँदा कतिपय नेताले पार्टी छोड्ने घोषणा गरेका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले धर्मनिरपेक्ष र संघीयतामा जनमत संघर्षको प्रस्ताव ल्याएसँगै पार्टीभित्र विवाद सुरु भएको थियो ।
विवादसँगै पार्टी फुट तर्फ अगाडि बढेको छ । अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टा छ्ट्टै गतिविधि गरिहेका छन् ।
पार्टीमा विवाद बढ्दै गएपछि असन्तुष्ट सचिवालय सदस्य तथा केन्द्रीय सदस्यले राजीनामा दिन सुरु गरेका हुन् । विवेकशील साझाका सचिवालय तथा केन्द्रीय समितिमा रहेका अनिमेश मिश्र,महेश भण्डारी,सचिन घले र बृतान्त खनालले राजीनामा दिएका छन् ।
उनीहरूले बैकल्पिक शक्ति बनाउने भनिएको दल फुटतर्फ अगाडि बढेको र त्यो आफूहरूलाई अस्वीकार्य भएको भन्दै राजीनामा दिएका हुन् ।
अध्यक्ष रविन्द्र मिश्रले चारै जनाको राजीनामा स्वीकृत गरेको सर्कुलर गरेका छन् । साझा र विवेकशीलबीच पार्टी एकता भएको थियो । अध्यक्ष मिश्रले साझा पार्टी खेमाको नेतृत्व गर्छन् भने संयोजक पाण्डे विवेकशील खेमाको नेतृत्व गर्छन् ।
मिश्रले राजीनामा स्वकृत गरिदिएपनि संयोजक पाण्डेले भने यसबारे बोलेका छैनन् ।