६ आश्विन २०८१, आइतबार

सर्तसहित अनुदान नलिने तालिबानको घोषणा

प्रकाशित मिति :  7 September, 2021 12:56 pm


काठमाडौं । इश्लामिक इमिरेट्स अफ अफगानिस्तानले सर्तमा आधारित मानवीय अनुदान सहयोग कुनै पनि देशसँग नलिने जनाएको छ ।

कार्यवाहक सूचना तथा सञ्चार मन्त्रीको रूपमा रहेका तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पछि आदेश वा सल्लाहका आधारमा वितरण गरिने अनुदानलाई अनुमति प्रदान नगरिने जनाए ।

प्रेस सम्मेलनलाई सम्बोधन गर्दै मुजाहिदले आफूहरूलाई अन्तर्राष्ट्रिय मानवीय अनुदानको आवश्यकता छ तर ती अनुदानहरू सर्त बिनाको हुनुपर्ने स्पस्ट पारे ।

सर्तसहितको अनुदानलाई हामीले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप भएको ठानेकाले त्यस्ता अनुदान हामीले स्वीकार नगर्ने उनले जनाए ।

अगानिस्तानको नयाँ सरकार स्वतन्त्र हुने र अफगानी जनताको निर्णयमाथि अन्य कसैको हस्तक्षेप स्वीकार नगरिने उनले जनाए । पाकिस्तान लगायत कुनै पनि देशले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने मुजाहिदले बताए ।



प्रतिक्रिया दिनुहोस !