८ माघ २०८१, मंगलबार

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा विरोध कार्यक्रम घोषणा

प्रकाशित मिति :  7 September, 2021 1:09 pm


काठमाडौं । अमेरिकी परियोजना एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित एकहप्ते कार्यक्रमको घोषणा गरेको हो ।

नेकपाको केन्द्रीय कार्यालयका अनुसार भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एमसीसी मस्यौदा सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिनेछ ।

सरकारले यसै साता संसद्‌बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएको भन्दै विप्लव नेतृत्व नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

एमसीसीविरुद्ध नेकपाको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्तिमार्फत आन्दोलन र कार्यक्रमहरू सार्वजनिक गरिसकेका छन् ।

एमसीसीविरुद्ध साताव्यापी सङ्घर्षका कार्यक्रम :

२३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी विरोध प्रदर्शन
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा



प्रतिक्रिया दिनुहोस !