राष्ट्रसंघ र अमेरिकाको वान्टेड लिस्टमा परेकाहरूको नेतृत्वमा तालिबान सरकार
काठमाडौं । अमेरिका र संयुक्त राष्ट्रसंघको कालोसूचीमा रहेका तालिबानी नेताको नेतृत्वमा अफगानिस्तानमा नयाँ तालिबानी सरकार बनेको छ ।
प्रधानमन्त्रीको रूपमा जिम्मेवारी पाएका मुल्ला मोहम्मद हसन अखुन्द तालिबानका संस्थापक हुन् । दुईटा उपप्रधानमन्त्रीसहितको मन्त्रिपरिषद्मा तालिबानकाा बरिष्ठ नेता अब्दुल गानी ब्रादर रहेका छन् । अर्का उपप्रधानमन्त्रीमा अब्दुल सलाम हनाफी रहेका छन् ।
अखुन्द संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र बेलायत र राष्ट्रसंघको सुरक्षापरिषदबाट समेत आतंककारीको सूचीमा राखिएका व्यक्ति हुन् ।
हक्कानी ग्रुपका नेता सिराजुद्दीनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अमेरिकी गुप्तचर संस्था एफबीआईले ५० लाख अमेरिकी डलर बराबरको इनाम उनकालागि घोषणा गरेको छ । अमेरिकी नागरिकको ज्यान जाने गरी गरिएको सन् २००८को आक्रमण पछि हक्कानी अमेरिकाको खोजी सूचीमा परेका थिए ।
तालिबानका संस्थापक मुल्ला मोहम्मद ओमाारका छोरा मुल्ला याकूब पनि मन्त्रिपरिषद्मा रहेका छन् ।
तालिबानको नयाँ सरकारमा चरमपन्थीको वर्चस्व रहेको देखिएको छ । नयाँ सरकारमा कुनै पनि महिला प्रतिनिधित्व गराइएको छ्रैन् ।
तालिबानी नेताहरूले सबै पक्षलाई समेटरे समावेशी सरकारको प्रयास गरिएको बताएका थिए । तर यसमा तालिबानी नेताहरू नै रहेका छन् ।
प्रधानमन्त्री – मुल्ला मोहम्मद हसन अखुंद
उपप्रधानमन्त्री – मुल्ला बरादर
उपप्रधानमन्त्री – अब्दुल सलाम हनाफी
गृह मन्त्री– सिराजुद्दीन हक्कानी
रक्षा मन्त्री– मोहम्मद याकूब मुजाहिद
वित्त मन्त्री– मुल्ला हिदायतुल्ला बदरी
विदेश मन्त्री– मौलवी आमिर खान मुतक्की
शिक्षा मन्त्री– शेख मौलवी नूरुल्ला मुनीर
न्याय मन्त्री– मौलवी अब्दुल हकीम शरिया
पवित्रता मन्त्री– शेख मोहम्मद खालिद
उच्च शिक्षा मन्त्री– अब्दुल बाकी हक्कानी
ग्रामीण विकास मन्त्री– यूनुस अखुंदजादा
शरणार्थी मामिला मन्त्री– खलीलउर्रहमान हक्कानी
जन कल्याण मन्त्री – मुल्ला अब्दुल मनन ओमारी
सञ्चार मन्त्री – नजीबुल्ला हक्कानी
खानी तथा पेट्रोलियम मन्त्री – मुल्ला मोहम्मद अस्सा अखुंद
बिजुली मन्त्री – मुल्ला अब्दुल लतीफ मंसौर
उड्डयन मन्त्री – हमीदुल्लाह अखुंदजादा
सूचना तथा संस्कृति मन्त्री – मुल्ला खैरुल्लाह खैरख्वाह
अर्थतन्त्र मन्त्री – कारी दिन मोहम्मद हनीफ
हज मन्त्री – मौलवी नूर मोहम्मद साकिब
सीमा तथा आदिवासी मामिला मन्त्री – नूरउल्लाह नूरी