१३ मंसिर २०८१, बिहिबार

गौर नगरपालिकामा वेथिति : इन्धनमै रु.३० लाख र खाना विविधमा रु. ३९ लाख भन्दा बढी खर्च

प्रकाशित मिति :  8 September, 2021 2:48 pm


काठमाडौं । रौतहटको गौर नगरपालिकाको बेरुजु रु. ६ करोड ५८ लाख ५८ हजार देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन २०७८ अनुसार बेरुजु देखिएको मध्य रु.१९ लाख ८४ हजार असुल गर्नुपर्ने, रु.२ करोड ५१ लाख ६८ हजार नियमित गर्नुपर्ने,३ करोड २६ लाख ७५ हजार र पेश्की बाँकी रु.६० लाख ३१ हजार रुपैयाँ रहेको छ ।

महालेखाले गौर नगरपालिकामा खान तथा विविधि खर्च र इन्धन खर्चमा समेत अनियमिता भएको औंल्याएको छ । खाना तथा विविध खर्चमा मात्रै गौर नगरपालिकाले रु.३९ लाख ४९ हजार ५६ रुपैयाँ खर्च गरेको छ ।

महालेखाले यस्तो खर्चमा मितव्ययीता काम गर्न सुझाव दिएको छ । यस्तै इन्धन खर्चमा आर्थिक वर्ष २०७६।७६ मा ३० लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले कार्यालयमा रहेका सवारी साधनको लागि पाउने इन्धन सुविधा सम्बन्धमा मापदण्ड,कार्यविधि नबनाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले भनेको छ,“नगरपालिकामा रहेका सवारी साधानमा डिजल पेट्रोल चल्ने सवारी सधानको छुट्टा छुट्टै अभिलेख राखी कुपन सिस्टमबाट इन्धन सुविधा उपलब्ध गराएको पनि र सवारी लकबुकको प्रभावकारी कार्यान्वयन गरेको छैन ।”

आर्थिक वर्ष २०७६।७७ मा गौर नगरपालिकाले रु. ३० लाख ५७ हजार खर्च गरेको छ ।

महालेखाले भनेको छ,“लकबुकको प्रभावकारी कार्यान्वयन बेगर इन्धन खर्च समेत लेखेको देखिएको इन्धन आवश्यकताको यथार्थता नहुने हुँदा खर्चमा मितव्ययीता एवं नियन्त्रात्मक पद्धती अबलम्बन गरिएको नदेखिएको उक्त खर्चमा नियन्त्रण हुनुपर्दछ ।”



प्रतिक्रिया दिनुहोस !