६ आश्विन २०८१, आइतबार

तालिबान शासनलाई मान्यता नदिन प्रतिरोध समूहको आग्रह, सरकारमा महिला नभएकोमा अमेरिकाको आपत्ति

प्रकाशित मिति :  8 September, 2021 3:47 pm


काठमाडौं । तालिबानको प्रतिरोधमा लागेको समूहले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानी शासनलाई मान्यता नदिन आग्रह गरेको छ ।

तालिबान समूहले मंगलबार अगानिस्तानलाई इश्लामिक इमिरेट्स घोषणा गरी नयाँ सरकारको घोषणा गरेको थियो ।

तालिबान सरकारमा कुनै महिला प्रतिनिधि नभएकोमा अमेरिकाले आलोचना गरेको छ । पञ्जशिरमा तालिबान विरूद्ध लड्नेहरूले तालिबान सरकार वैधानिक नभएकोले मान्यता नदिन आग्रह गरेका हुन् ।

अमेरिकाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, “सरकारमा समावेश भएका नामवाली हेरेका छौं । तालिबान र तिनका निकटकाहरूको नाम रहेको छ । महिलाको नाम छैन् । हामीले तालिबानले गरेका प्रतिबद्धता पूरा गरोस भन्ने चाहेका छौं ।”

तालिबानले अफगानी भूमिबाट अन्य देशहरूलाई खतरा हुन नदिने विश्वास दिलाएको प्रतिबद्धता पूरा गरोस भन्ने अपेक्षा लिएको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले अफगानिस्तानमा आफ्नो कुनै भूमिका नरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !